Wednesday, January 15, 2020

ओ३म्..
मकर (माघे) संक्रान्ति (माघी ) (माघ-विहु)को हार्दिक शुभकामना सहित....

मकर संक्रान्ति पर्वको महत्वलाई जानेर श्रद्धापूर्वक मनाऔं..!

मकर संक्रान्तिको पर्व प्रत्येक वर्ष माघ १गते देशभरि हरेकले आ-आफ्नै तरिकाले मनाउने गरिन्छ। आजभोलि हामीले पर्व त मनाउँछौं तर धेरैलाई कुनै पर्वको महत्व र त्यस सङ्ग जोडिएको घटनाहरुको ज्ञान हुँदैन। अतः त्यसैले हरेक पर्वको सबै पक्षको बारेमा संक्षेपमा जान्नु आवश्यक छ।
मकर संक्रान्ति पर्वको पहिलो महत्व हाम्रो सौर्यमण्डल तथा मकर राशि सङ्ग सम्बन्धित छ। हामीलाई थाहा छ कि पृथिवीको दुई प्रकारको गति हुन्छ- एक यो आफ्नो अक्षमा घुम्छ र दोस्रो गतिमा पृथ्वीले सूर्यको ओरिपरी परिक्रमा गर्दछ जुन एक वर्षमा पूरा हुन्छ। एउटा परिक्रमाको काल वा समयलाई सौर्यवर्ष भनिन्छ। पृथिवीले सूर्यको परिक्रमा गर्ने जुन पथ हुन्छ त्यो केहि लाम्चो (वृत्ताकार) हुन्छ।
पृथ्वी मकर संक्रान्तिका दिन देखि हिँडेर पुनः यहि स्थानमा आइपुग्ने तथा सूर्यको पूरा एक फन्को मार्ने मार्ग वा परिधिलाई ‘‘क्रान्तिवृत्त” भनिन्छ। वैदिक ज्योतिषि शास्त्र द्वारा यो क्रान्तिवृत्तका १२ भाग कल्पित गरिएको छ र ति १२ भागहरुको नाम ति स्थानहरुमा आकाशका नक्षत्रपुंज सङ्ग मिलेर बनेका केहि मिल्दा-जुल्दा आकृति भएका पदार्थहरुको नाममा राखिएको छ। ति १२ नाम हुन्- मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।
क्रान्तिवृतमा कल्पित प्रत्येक भाग तथा नक्षत्रपुंजहरुको आकृतिलाई “राशि” भनिन्छ। पृथिवी जब एक राशि बाट अर्को राशिमा प्रवेश तथा संक्रमण गर्दछ त्यस संक्रमणलाई नै “संक्रान्ति” भनिन्छ। लोकाचारमा पृथिवीको संक्रमणलाई सूर्यको संक्रमण भन्न थालिएको छ। मकर संक्रान्तिको अर्थ सूर्य मकर संक्रान्तिका दिन मकर राशिमा प्रवेश गर्दछ। ६ महीना सम्म सूर्य क्रान्तिवृत देखि उत्तर तिर देखिन्छ र ६ महिना सम्म दक्षिण तिर। यिनै ६ महिनाको अवधिको नाम ‘अयन’ हो।
सूर्य उत्तर तिर उदय हुने ६ महिनाको अवधिको नाम ‘उत्तरायण’ र दक्षिण तिर देखिने अवधिको नाम ‘दक्षिणायन’ हो। उत्तरायण कालमा सूर्य उत्तर तिर बाट उदय भएको जस्तो देखिन्छ र यसमा दिनको समय बढ्दै जान्छ र रातको समय घट्दै जान्छ। दक्षिणायनमा सूर्योदय क्रान्तिवृत्तको दक्षिण तिर बाट उदय भएको जस्तो दृष्टिगोचर हुन्छ र यसमा दिनको समयावधि घट्छ र रात्रिको अवधिमा वृद्धि हुन्छ।
सूर्य जब मकर राशिमा प्रवेश गर्दछ वा संक्रान्त हुन्छ तब उत्तरायणको आरम्भ हुन्छ र कर्कट राशिमा प्रवेश भए पछी दक्षिणायनको आरम्भ भएको मानिन्छ। यी दुई अयनहरुको अवधि ६/६ महिनाको हुन्छ। उत्तरायणमा दिन लामा र रात छोटा हुनाले पृथिवीमा प्रकाशको अधिकता हुन्छ त्यसैले यो उत्तरायण कालको महत्व दक्षिणायन भन्दा अधिक मानिएको हो।
उत्तरायणको महत्वको आरम्भ मकर संक्रान्ति देखि हुने भएकोले मकर संक्रान्ति (माघ १ गते) को दिनलाई अधिक महत्वपूर्ण मानिन्छ र यसलाई पर्वको रूपमा मनाइने प्रथा परापूर्व काल देखि चली आएको छ। यो पनि जानकारी दिहालौं- ज्योतिष शास्त्रका विद्वानहरु भन्दछन् कि उत्तरायणको आरम्भ त मकर संकान्तिका दिन भन्दा पहिले देखि नै हुन्छ तर मकर संक्रान्तिको पर्वमा नै दुवै पर्व एक साथ मनाइने परम्परा चलिआएको छ। भविष्यमा यिनलाई अलग अलग तिथिमा मनाउनका लागि विचार पनि गर्न सकिने छ।
चाहे जेहोस्, यो पर्व मनाउनुको मुख्य उद्देश्य मकर संक्रान्तिको ज्ञान र ६ महिने उत्तरायणको आरम्भ सङ्ग छ जसबाट हाम्रा पूर्वजहरुको ज्योतिष विषयक ज्ञान र रुचि सङ्ग परिचित हुन सकियोस्।
क्रमशः...

' (एकादशी)। Ekādaśī रहस्य एवं महत्व

(एकादशी)। Ekādaśī  रहस्य एवं महत्व – एकादशी जिसका अर्थ है "ग्यारह", एक हिंदू कैलेंडर माह में होने वाले दो चंद्र चरणों में से प्रत्...